गुम्बा परिचय

थेक्छेन पेमा छोलिङ गुम्बा

नेपालको पूर्वी हिमाली क्षेत्र सोलुखुम्बु जिल्लाको सदरमुकाम तथा सोलुदुधकुण्ड नगरपालिका अन्तर्गत वडा नं ५ सल्लेरीमा रहेको थेक्छेन पेमा छोलिङ गुम्बा विश्वको सर्बोच्च शिखर सगरमाथाको काखमा रहेको एक महायान बौद्ध परम्परामा आधारित बौद्ध गुम्बा(मन्दिर) तथा बौद्ध अध्ययन केन्द्र हो।

सोलुदुधकुण्ड नगरपालिकाका बिभिन्न गाउॅहरुमा गरिने र आकस्मिक आवश्यकताका बिभिन्न पूजा पाठहरु र सम्पूर्ण धार्मिक कृयाकलापहरुमा यही गुम्बा अन्तर्गत रहेका भिक्षुहरुले सेवा प्रदान गर्दै आएका छन्। यस गुम्बामा हाल बिद्यार्थीहरु सहित जम्मा २५ जना लामाहरु अटुट सिद्ध र सुद्ध बौद्ध महायान परम्परा अनुसारको बौद्ध शिक्षाको अध्ययन र अध्यापन पनि सन्चालनमा छ। सर्वसाधारणको लागि पनि नियमित रुपमा बौद्ध कक्षाहरु बिहान ०४ः३० बजे देखि नै सन्चालन हुने भएकोले अहिले सम्म ठुलै संख्यामा नगरबासीहरुले बौद्ध शिक्षा हासिल गरेका छन्।

बि.सं. २०५०मा शुरु भई २०५२मा स्थापना पश्चात २०५८मा आधिकारिक रुपमा दर्ता भएको यो गुम्बा २०८३मा आफ्नो आधिकारिक दर्ता भएको २५ बर्ष भएको उपलक्ष्यमा रजत जयन्ती तथा बिभिन्न कार्यक्रम मनाउने तयारी गर्दैछ।

गुम्बाका अन्य कार्यहरु

नियमित कार्यक्रमहरू

दैनिक पूजा, साप्ताहिक ध्यान र मासिक धार्मिक अनुष्ठानहरूएर कार्य गछौ

बौद्ध शिक्षा

सर्वसाधारणको लागि नियमित बौद्ध कक्षाहरू र अध्ययन सामग्रीहरू

सहयोग अवसरहरू

गुम्बा विकास र धार्मिक कार्यक्रमहरूमा सहयोग गर्ने विभिन्न तरिकाहरू

भ्रमण जानकारी

गुम्बा भ्रमण गर्ने तरिका, समय र आवश्यक जानकारीहरू

धन्यवाद

सहयोगी हातहरु

pema
pema
PEMA
pema
pema
pema
pema
pema
pema
pema.org
URGEN
KANHHI SHERPA
Yangji Sherpa
sonam lama
nuri
Ringji sherpa

गुम्बामा बिछ्याउने ढुंगा दान गरी पुण्य कमाउनुस

शान्ति भित्रबाट आउँछ, बाहिर खोज्ने प्रयास नगर।

- भगवान बुद्ध

मृत्युले डराउँदैन, असत्य र अनैतिकता भयावह छन्।

- भगवान बुद्ध

आफ्नो उद्धारका लागि आफैं प्रयास गर, अरूमा निर्भर रहनु हुँदैन।

- भगवान बुद्ध
  • सम्पर्क नम्बर

    प्रमुख लामा फुर्वा शेर्पा: ९८१८३९०९१९

    गुम्बा व्यवस्थापन समिति अध्यक्ष ई. तेन्जी शेर्पा: ९८४९४४१२३५

    गुम्बा व्यवस्थापन समिति सचिव ङिमा तेन्डुप शेर्पा: ९८५१०६७९९७

  • इमेल

    tathagatasolu@gmail.com

  • ठेगाना

    सल्लेरी, सोलुदुधकुण्ड-५, सोलुखुम्बु, नेपाल

सम्पर्कको लागी

दानपुण्यको लागि बटन क्लिक गर्नुहोस्